FAQs Complain Problems

समाचार

लाम पोखरी पर्यटकीय क्षेत्र, च्याङथापु

Read More

याङवरक गा.पा.को पहिलो पञ्चबर्षिय आवधिक योजना सम्बन्धि बृहत कार्यशाला गोष्ठी

Read More

सुके पोखरी पर्यटकीय क्षेत्र, च्याङथापु

Read More

याङवरक गाउँपालिकाको संक्षिप्त परिचय

१ ऐतिहासिक पृष्ठभूमि र नामाकरण

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला प्रदेश नं १ मा अवस्थित छ । विगतको प्रशासनिक विभाजन अनुसार मेचि र कोशी अन्चल अन्र्तगतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर मेचि अन्चलमा पर्ने पहाडी जिल्ला हो । राज्य पुर्न संरचना अनुसार यस जिल्लामा ८ स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाँउपालिका रहेका छन । याङवरका गाँउपालिका जिल्लाको सुदुर पुर्वि–उत्तर गाँउपालिका हो । साविक पाँचवटा गाविसलाई मिलाएर गाँउपालिका निर्माण भएको हो । जसको सिमाना छिमेकी मूलकु भारत समेत जोडिन पुग्दछ । यस गाँउपालिकाको भौगोलिक अवस्थिति समुन्द्र सतहबाट ६०९ मिटर उचाई  याङवरक ४ खाल्डे नागि देखि ४५७५ मिटर उचाई याङवरक २ फलैचाको चुचुरो सम्म फैलिएको छ । चीन–तिब्बतबाट आसाम हुदै ई।पू। १५०० तिर नेपाल छिरेका किराँतहरुले महिसपालहरुलाई विस्थापित गरी लामो समय सम्म उपत्यकामा शासन गरेका थिए ।वि।स। १६२ मा लिच्छवीहरुले राज्यसत्ता लिएपछि उनिहरु उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन ईतिहासमा उल्लेख छ । पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदिदेखी लिखु सम्मको भू–भागलाई वल्लो किरात, लिखु देखि अरुण सम्मको भू–भागलाई माँझ किरात, अरुण देखि टिष्टा नदिसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिन्थ्यो । उपर्युक्त क्षेत्रहरु खम्बुवान र लिम्बुवानको नामले प्रसिद्ध थिए । बर्तमान नेपालको मानचित्र अनुसार रामेछाप, उदयपुर, खोटाङ, भोजपुर र ओखलढुङगा जिल्लाहरु खम्बुवान अन्र्तगत पर्दथे भने ताप्लेजुङ्ग, तेह्रथूम, संखुवासभा, पाँचथर, धनकुटा र ईलाम लिम्बुवान अन्तर्गत पर्दथे । किरातहरु चौदण्डीलाई किरात राज्य मान्दथे भने लिम्बुहरु विजयपुर राज्यलाई केन्द्र मानेर आ–आफ्नो क्षेत्रमा स्वायत्त शासन चलाउथे । (ईमानसिंह चेम्जोङ्ग)

अङग्रेज साम्राज्यको विगविगी देखि बाच्नका लागि पृथ्वी नारायण शाहले कर्णाली क्षेत्रका २२, गण्डकी क्षेत्रका २४, उपत्यकाका ३ र पुर्वका मकवानपुर, चौदण्डी र विजयपुर राज्यहरुमा एकिकरण अभियान संचालन गरे । ई.सं. १७७४ जुलाई १७ तदअनुरुप वि।सं। १८३१ मा विजयपुर नेपालमा गाभिँदा विजयपुरका तत्कालिन राजा कर्णसेन र मन्त्रि बुद्धिकर्ण राई भागेर सिक्किम पुगेका थिए । अभिमानसिंह बस्नेतले निजहरुलाई सुपुर्दगी गर्न सिक्किमका राजासंग माग गर्दा सिक्किमले उनिहरु शरण लिन आएकोले फिर्ता गर्नुको सट्टा अघि विजयपुरबाट जितेर लिएको ईलाम लानु भनि नेपाललाई दिए ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी