"जल,जंगल,कृषि,पर्यटन याङवरकको पहिचान,उज्यालो-समृध्द याङवरक हाम्रो अभियान"

याङवरक गाउँपालिकाको संक्षित परिचय

१ ऐतिहासिक पृष्ठभूमि  र नामाकरण 
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला प्रदेश नं १ मा अवस्थित छ । विगतको प्रशासनिक विभाजन अनुसार मेचि र कोशी अन्चल अन्र्तगतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर मेचि अन्चलमा पर्ने पहाडी जिल्ला हो । राज्य पुर्न संरचना अनुसार यस जिल्लामा ८ स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाँउपालिका रहेका छन । याङवरका गाँउपालिका जिल्लाको सुदुर पुर्वि–उत्तर गाँउपालिका हो । साविक पाँचवटा गाविसलाई मिलाएर गाँउपालिका निर्माण भएको हो । जसको सिमाना छिमेकी मूलकु भारत समेत जोडिन पुग्दछ । यस गाँउपालिकाको भौगोलिक अवस्थिति समुन्द्र सतहबाट ६०९ मिटर उचाई  याङवरक ४ खाल्डे नागि देखि ४५७५ मिटर उचाई याङवरक २ फलैचाको चुचुरो सम्म फैलिएको छ । चीन–तिब्बतबाट आसाम हुदै ई।पू। १५०० तिर नेपाल छिरेका किराँतहरुले महिसपालहरुलाई विस्थापित गरी लामो समय सम्म उपत्यकामा शासन गरेका थिए ।वि।स। १६२ मा लिच्छवीहरुले राज्यसत्ता लिएपछि उनिहरु उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन ईतिहासमा उल्लेख छ । पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदिदेखी लिखु सम्मको भू–भागलाई वल्लो किरात, लिखु देखि अरुण सम्मको भू–भागलाई माँझ किरात, अरुण देखि टिष्टा नदिसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिन्थ्यो । उपर्युक्त क्षेत्रहरु खम्बुवान र लिम्बुवानको नामले प्रसिद्ध थिए । बर्तमान नेपालको मानचित्र अनुसार रामेछाप, उदयपुर, खोटाङ, भोजपुर र ओखलढुङगा जिल्लाहरु खम्बुवान अन्र्तगत पर्दथे भने ताप्लेजुङ्ग, तेह्रथूम, संखुवासभा, पाँचथर, धनकुटा र ईलाम लिम्बुवान अन्तर्गत पर्दथे । किरातहरु चौदण्डीलाई किरात राज्य मान्दथे भने लिम्बुहरु विजयपुर राज्यलाई केन्द्र मानेर आ–आफ्नो क्षेत्रमा स्वायत्त शासन चलाउथे । ९ईमानसिंह चेम्जोङ्ग०
अङग्रेज साम्राज्यको विगविगी देखि बाच्नका लागि पृथ्वी नारायण शाहले कर्णाली क्षेत्रका २२, गण्डकी क्षेत्रका २४, उपत्यकाका ३ र पुर्वका मकवानपुर, चौदण्डी र विजयपुर राज्यहरुमा एकिकरण अभियान संचालन गरे । ई।संं। १७७४ जुलाई १७ तदअनुरुप वि।सं। १८३१ मा विजयपुर नेपालमा गाभिँदा विजयपुरका तत्कालिन राजा कर्णसेन र मन्त्रि बुद्धिकर्ण राई भागेर सिक्किम पुगेका थिए । अभिमानसिंह बस्नेतले निजहरुलाई सुपुर्दगी गर्न सिक्किमका राजासंग माग गर्दा सिक्किमले उनिहरु शरण लिन आएकोले फिर्ता गर्नुको सट्टा अघि विजयपुरबाट जितेर लिएको ईलाम लानु भनि नेपाललाई दिए ।
लिम्बुवान केन्द्रिय सत्ताको अधिनमा गएपछि स्थानीय शासन तथा कर राजश्व समेतको जिम्मा हेर्ने गरी स्थानीय अगुवालाई थरी, जिम्मावाल, सुब्बा तोकियो । थर्पू कालिका धाममा लिम्बुवान क्षेत्रका सरदारहरुले सभा गरि १० लिम्बुवानको ठेक्का, रितिथिति, सुभाङगी निच्चित गरेको ईतिहासबाट प्रष्ट हुन्छ । केन्द्रबाट केहि शासकिय अधिकार हस्तान्तरण गर्ने क्रममा वि।स।१८९६ साल फाल्गुनमा श्री कम्फू निशान मतपाल सिं माबो, थर्पूले जिम्मा बुझिलिएको र वि।स। १९०८ बैसाखमा श्री जङगी निशान बागदल सेलिङ ९ओयाम० ले जिम्मा बुझिलिएको मुचुल्का अनुसार थाहा हुन्छ ।
१७ थूम १६ थरी ५२ सुब्बाहरुको सभा याङवरकको केन्द्रभागमा रहेको ऐतिहासिक कालिकाधाम थर्पू जोरधारामा भएको थियो । यसै सभाबाट हरेक बर्ष वडा दशैंको अष्टमीको दिन हाजिर गराई नवमिका दिन कालिकाधाममा भोग दिन गरि निशान जिम्मा लिनेदिने प्रचलन बाँधिएको थियो र यो चलन यद्यपी जारी छ । ५२ सुब्वाहरुले पालैपालो एकबर्षका लागि ताम्रपत्र, तरबार, खुंडा, नगरा, कर्नाल, चमर, बन्दुक, त्रिशुल, निशानको समान आदि बुझ्ने र हरेक बर्ष वडा दशैंको अष्टमीको दिन थर्पू कालिकाधाममा हाजिर गरी एकरात कारवारीकोमा राख्ने र भोलिपल्ट नवमीका दिन २ बजे मौलो भोग दिने गरिन्छ । मुखिया, नौभैया, चारभैया, कारवारी, बुढौली आदीले पालैपालो अष्टमीको एक रात निशान राख्ने चलन यथावत चलिरहेको छ । यस धाममा लिम्बुवान क्षेत्रका सर्दारहरुको सभाको साथै १७ थूम १६ थरी ५२ सुब्वाहरुको हरेक बर्ष एवं आवश्यता अनुसार भेला भई बैठक बस्ने, छलफल गर्ने, समस्या समाधान गर्ने जस्ता कार्य सम्पन्न गरेको देखिन्छ । यसरी विभिन्न क्षेत्रका जिम्मेवार ब्यक्तिहरुको भेला हुने एवम् भेटघाट हुने भएकोले यस क्षेत्रका नाम थर्पू रहन गएको देखिन्छ । १७ थूम १६ थरी ५२ सुब्वाको भेला छलफल यस रमणीय प्राकृतिक छटायुक्त कालिका देविको थानमा हुने र बर्षेनी मेला लाग्ने चलन हुदैं धामको रुपमा विकास भएको हो ।
कालिका देवि माता धाम 
विशाल काभ्राको फेदमा काभ्राको जराको थाम, जराको भित्ता, जराकै छानो र जराकै भुई भएको प्राकृतिक तथा अलौकिक रुपमा कालिका माताको थान रहेको छ । कालिका माता थानको उत्पति मानव बस्तिको विकास भन्दा पनि अघि भएको अनुमान गरिएको छ । सत्ययुगमा यस ठाँउमा विशालताल रहेको र सो ठाँउमा देवि देवता खेल्ने नुहाउने गरेकोले यसलाई लिम्बु भाषामा माङवरक ९देवि देवता नुहाउने ताल० भनिएकोमा धेरैपछि आएर त्यसवेलाका राजाहरुले अघि देवि देवता नुहाउने गरेको थाहा, पाएकोले यो ताललाई सिद्ध तालको रुपमा लिई नुहाउने ठाँउ बनाई नुहाउने, पुजाआजा गर्ने, भेटी चढाउने जस्ता कार्यहरु गरेकामा राजाहरुले नुहाएको देखेकोले ति देख्नेहरुले यस ताललाई लिम्बु भाषामा हाङवरक ९राजा नुहाँउने ताल० भन्ने नाम राखे । पछि आएर यसमा पुजारीहरुले पुजाआजा गर्न थाले । पुजा गर्दा तालमा हात लगाउदा अघि राजा तथा भक्तालुहरुले चढाएको रुपियाँ पैसा पुजारीको हातभरी आएको देख्नेहरुले यो त लिम्बु भाषामा याङवरक ९पैसाको ताल० पो रहेछ भनि नामाकरण गरे भन्ने ईतिहासकार तथा जानकारहरुको भनाई रहेको छ । अहिले सम्म पनि यो ठाँउ याङवरककै नामले प्रसिद्ध छ । यस ठाँउको बास्तविक स्थिति हेर्दा पनि यो ठाँउमा विशाल ताल रहेको स्वत अनुमान गर्न सकिन्छ किनकि वरीपरी समतल ठाँउ, २ सय मिटर विचमा करिब २५ भन्दा वढि पानीका मूल रहेको, हालसम्म पनि करिब १० रोपनी जति सिमसार तथा दलदल रहेको छ । सत्य यूगमा देवि माता नुहाएको ठाँउमा काभ्रा उम्रेको र उक्त काभ्राका जराबाट  कालिका देविको मन्दिर बनेको र कालिका देविको उत्पत्ति भएको विश्वास गरिन्छ । उक्त काभ्राको नजिक जोरधारा रहेको छ । हाल उक्त काभ्राको फेद वरिपरि गरि करिब ५० मिटर भन्दा पनि ठूलो छ । यस ठाँउमा हरेक बर्ष कालिका थानमा भोग दिने, भाकल गर्ने क्रमसंगै कालान्तरमा धामको रुपमा विकास भएको स्प्रष्ट आधारहरु रहेका छन । रोगब्यधि निको हुने, शक्ति प्राप्त हुने, मानमर्यादा बढ्ने, भर्ति जाने आदि जनविश्वासले कालिका माताको पुजा अर्चना गर्ने चलन रहन गएको हो ।
कालिका थानको दक्षिणपट्टी मानिस पस्न नसकिने ७ रोपनी जतिको दलदल र त्यसको केहि माथि शिरमा सिद्ध थान तथा सिद्ध पोखरी रहेको छ । तत्कालिन अवस्थामा दलदलबाट निस्कने पानीबाट दुुई वटा धारा निरन्तर बगिरहेने हुनाले यसको नाम जोरधारा रहन गएको हो भने हाल ८ वटा धारामा निरन्तर रुपमा पानी बगिरहेको देख्न सकिन्छ । जोरधाराबाट निस्केको पानी याङवरक खोला भएर बगेको छ र कावेली, ईवा तथा याङवरक तिन नदिको संगमलाई पवित्र त्रिवेणी स्थलको रुपमा मानिएको छ । यस कालिका धाम वरिपरि बार्षिक निशान मेला लाग्ने टुडीखेल तथा मौलो समेत गरी अन्दाजी २० रोपनी जग्गामा देश विदेश देखि हजारौ भक्तजनहरु भेला भई  मेलाको दिन पुजा–पाठ तथा जात्रा मनाउने गरिएको छ ।

 २ भौगोलिक स्वरुप र भू–धरातलिय वनावट 
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मानचित्रमा याङवरक गाउँपालिकाको पैmलावट २७।२७० उत्तरी अक्षांश देखि ८७।८६० पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा भारतको सिक्किम, पश्चिममा हिलिहाङ गाउँपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाका याङवरक गाँउपालिका, सिरिजंगा र सिदिङवा गाउँपालिकाहरु र दक्षिणमा फालेलुङ र हिलिहाङ गाउँपालिकासँग सिमाना जोडिएको छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भू–भागमा पैmलिएको यो गाउँपालिका भाङबारी–काबेली बगर ९याङवरक ०६ नागि– खाल्डे० समुद्री सतह करिब ६०० मिटर देखि ४५७५ मिटर ९याङवरक ०२ साविक फलैचा गाविसको चुचुरो० सम्म पैmलिएको छ । यस गाउँपालिकाको क्षेत्रफल २०८।६३ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार १८२८१ जनसंख्या रहेको छ । हाल निर्माणाधिन मध्य पहाडी ९पुष्पलाल० लोकमार्गको उद्गम स्थल च्याङथापूको चिवाभञ्ज्याङवाट सुरुभै च्याङथापु बजार, फलैचा, ओयाम, थर्पु, नागीको गणेशचोक हुदै हिलिहाङ गाउँपालिका जोडेको भने मेचि राजमार्ग ५ र ६ नम्बर हुदै हिलिहाङ गाँउपालिका तर्फ गएको छ । यस गाउँपालिकाको केन्द्रबाट ताप्लेजुङ जिल्लाका याङवरक, सिरिजंघा र सिदिङवा गाउँपालिकाहरु र सबै वडा सम्म कच्ची सडक सञ्जाल रहेको छ । याङवरक गाउँपालिकालाई पुरानो संरचनाका ५ ९पाँच० वटा गाउँ विकास समितिहरु जोडेर पुनसंरचित गरिएको छ । यसरी संरचित गाउँपालिकालाई ६ ९छ० वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकामा उष्ण, उपोष्ण, समसितोष्ण, लेकाली हावापानी पाइन्छ । यस्तो हावापानी पाइने स्थानहरुमा अलैची, अम्लिसो, चिरैतो, धान, मकै, गहुँ, आलु, केराउ, फापर, दलहन, तेलहन, सदाबहार फलपूmलहरु आँप, लिची, केरा, रुखकटहर, भुँईकटहर, र मौसमी सुन्तोला, अदुवा, चिया जडिबुटी साथै विभिन्न किसिम र जातका तरकारीहरु खेती गरिनुका साथै गाई, भैंसी, चौरी, भेडा, बाख्रा, बंगुर÷ सुगुर, कुखुरा आदि व्यवसायिक र व्यक्तिगतरुपमा पशुपालन गरिदै आएको छ । स्थानीय तहको पहिलो पटक निर्वाचन हुन गई भर्खर गाउँपालिले जनप्रतिनिधिहरुको नेतृत्व पाएको छ । गाँउ सभा गठन र गाँउकार्यपालिका गठन भएको छ । स्थानीय तह संचालन एवं ब्यवस्थापन आदेश २०७४ अनुसार आवश्यक समिति गठन गरि प्रथम गाँउ सभा समेत समयमानै सम्पन्न गरि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।  गाँउसभाले “जल, जंगल, कृषि, पर्यटन याङवरकको पहिचान, उज्यालो–समृद्ध याङवरक हाम्रो अभियान” भन्ने नारा समेत तय गरेको देखिन्छ ।